सरकारसँग वार्ता गर्न शिक्षकहरु तयार, नानुमायाको नेतृत्वमा ४ सदस्यीय टोली गठन

User Image मेयरसाप सम्पादकीय | २०८१ चैत २७ गते ०५:३३
Image of storage/news/1744213703.jpg

काठमाडौं ।  नेपाल शिक्षक महासंघले सरकारसँग वार्ता गर्न चार सदस्यीय टोली गठन गरेको छ । महासंघले बुधबार साँझ महासंघका सह-अध्यक्ष नानुमाया पराजुलीको नेतृत्वमा  वार्ता टोली गठन गरेको हो ।  

 

‘शिक्षा मन्त्रालयका सचिवले शिक्षा विधेयकमा छलफल गर्न महासंघको टोली आउनु भनेर पत्र पठाएपछि वार्तामा जाने निर्णय गरेको पराजुलीले बताइन् । उनका अनुसार वार्ता बिहीबारका लागि तय भए पनि समय भने शिक्षा सचिवसँग छलफल गरेर तय गरिनेछ ।

 

सरकारले वार्ताको माध्यमबाट समस्या समाधान गर्न सकिने भन्दै यसअघि तीन पटक महासङ्घलाई वार्तामा बोलाएको थियो। तर महासङ्घले  ऐन जारी हुने सुनिश्चित आधार नभएसम्म वार्तामा नजाने अडान लिएको थियो। शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले चैत २० गतेदेखि काठमाडौंमा आन्दोलन गरिरहेका छन्।


Facebook Comments