वनकरिया र चेपाङलाई शैक्षिक विद्यालय पोसाक र सामग्री वितरण

User Image Mayorsap | २०८२ वैशाख ८ गते ०२:४७
Image of storage/news/1745230614.jpeg

बागमती । लोपोन्मुख जाति वनकरिया र चेपाङका ४७ बालबालिकालाई विद्यालय पोसाक र शैक्षिक सामग्री वितरण गरिएको छ ।


अमेरिकी सहयोगी संस्था ‘माद्रे’को सहयोगमा राष्ट्रिय आदिबासी जनजाती महिला मञ्चले कक्षा १ देखि ८ सम्म अध्ययनरत बालबालिकालाई पोसाक र शैक्षिक सामग्री वितरण गरेको हो । मकवानपुरको मनहरी गाउँपालिका–४ मसेधापमा आयोजित कार्यक्रममा सो वडाका वडाअध्यक्ष प्रकाश थापाले वनकरिया जातिका २२ तथा चेपाङ २५ बालबालिकालाई पोसाक, जुत्ता, झोला र स्टेशनरी सामाग्री वितरण गरेका हुन्।


यस्तै विद्यालयमा अध्ययनरत वनकरिया जातिका ५१  बालबालिकालाई कापी, डट्पेन, पेन्सिल, इरेजरलगायत सामग्री वितरण गरिएको राष्ट्रिय आदिबासी जनजाती महिला मञ्चका फिल्ड संयोजक सनिला लामाले जानकारी दिइन्। 


Facebook Comments