कक्षा १२ को परीक्षा नरोक्ने बोर्डको निर्णय

User Image मेयरसाप सम्पादकीय | २०८२ वैशाख ९ गते ०५:११
Image of storage/news/1745296019.png

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने निर्णय गरेको छ । शिक्षकहरूको निरन्तर आन्दोलनका कारण कक्षा १२ को परिक्षा अन्यौंलमा परेपछि आज बिहान बसेको बोर्ड बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो । आजको बैठकले कक्षा १२ को परीक्षा सञ्चालन नरोक्ने निर्णय गरेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए ।

 

शिक्षक महासंघको आह्वानमा गत २० चैतदेखि सडक आन्दोलनमा रहेका शिक्षकहरूले माइतीघर–बानेश्वर सडक खण्डमा प्रदर्शन गरिरहेका छन्, शिक्षा ऐन जारी नभएसम्मका आन्दोलन नरोकिने उनीहरूको भनाइ कायमै रहेको बेला बोर्डले यो निर्णय लिएको हो । उनीहरू आन्दोलनमा नै रहेको खण्डमा प्लस टुको परिक्षा प्रभावित हुन सक्ने देखिएको छ । साथै, शिक्षकहरू माग पूरा नभएसम्म कक्षा १२ को परीक्षामा सहभागी नहुने अडानमा उनीहरू कायमै रहेका छन ।


Facebook Comments