शशांक कोइराला निवासमा देउवानिकट पूर्वपदाधिकारीहरूको छलफल

User Image मेयरसाप सम्पादकीय | २०८२ वैशाख ११ गते १०:५५
Image of storage/news/1745474897.PNG

काठमाडौं । कांग्रेस नेता शशांक कोइरालाकाे महारागन्जस्थित निवासमा पार्टीका पूर्वपदाधिकारी लगायतका नेताहरुको छलफल भएको छ । कोइरालाको निम्तोमा बिहीबार पूर्वउपसभापतिहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रवक्ता प्रकाशशरण महत लगायतको भेटघाट तथा छलफल भएको हो ।

 

छलफलमा ऊर्जा मन्त्री दीपक खड्का, केन्द्रीय सदस्यहरू एनपी साउद, दिलेन्द्रप्रसाद बडू, पुष्पा भुसाल, नैनसिंह महर, गुरू बराल, अम्बिका बस्नेत, शिव हुमागाईं, राजीब ढुंगाना, उर्मिला थपलियालगायत सहभागी छन्।

 

कांग्रेसको १५ औं महाधिवेशनका लागि नेताहरु एक अर्काको निवासमा भेटघाट तथा छलफल गर्दै आएका छन् ।

 


Facebook Comments