स्वास्थ्य मन्त्री पौडेल र चिकित्सकका प्रतिनिधिबीच वार्ता हुँदै

User Image मेयरसाप सम्पादकीय | २०८२ वैशाख ११ गते ०१:१९
Image of storage/news/1745482147.jpeg

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले चिकित्सकका प्रतिनिधिसँग वार्ता गरिरहेका छन् । मन्त्री पौडेल र नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकका प्रतिनिधिहरुबीच मन्त्रालयमा वार्ता भइरहेको हो ।

 

वार्तामा मन्त्री पौडेल, नेपाल चिकित्सक संघका अध्यक्ष डा.अनिल कार्की, आवासीय चिकित्सकले गठन गरेको स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका संयोजक शेषराज घिमिरे, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा.मंगल रावल लगायत सहभागी छन् ।


सरकारी सरह निर्वाह भत्ता माग गर्दै निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरु विरोध प्रदर्शन गर्दै आएका छन् । उनीहरुले आज बिहान पनि माइतीघर मण्डलामा प्रदर्शन गरेका थिए ।

 

उनीहरुले शुक्रबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चेतावनी समेत दिएका छन् । 


Facebook Comments