शिक्षकहरुलाई ३ दिनभित्र विद्यालय फर्किने वातावरण सुनिश्चित गर्न सर्वाेच्चको आदेश
मेयरसाप सम्पादकीय
|
२०८२ वैशाख ११ गते ०१:०५
काठमाडौं । सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्किने वातावरण सुनिश्चित गर्न आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले बिहीबार सरकारको नाममा यस्तो आदेश दिएको हो ।
‘आन्दोलित शिक्षकहरूका जायज र संविधानसम्मत माग तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले तीन दिनभित्र आन्दोलनरत शिक्षकहरू विद्यालयमा फर्की नियमित पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्नू,’ सर्वोच्चले आदेशमा भनेको छ। नयाँ शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै देशभरका शिक्षकहरू २३ दिनदेखि आन्दोलनरत छन् ।




Facebook Comments