स्थानीय तहहरूलाई महासंघले भन्यो– यो निर्णायक अन्दोलन हो, शिक्षकहरुलाई नधम्क्याउनु
मेयरसाप सम्पादकीय
|
२०८२ वैशाख १४ गते ०२:२३
काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षकहरूलाई नधम्क्याउन स्थानीय तहहरूलाई आग्रह गरेको छ। विगत २६ दिनदेखी विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी शिक्षकहरूलाई विभिन्न स्थानीय तहले सूचना निकालेर काममा फर्किन निर्देशन दिन थालेपछि शिक्षक महासंघले यस्तो आग्रह गरेको हो ।
आन्दोलनमा सहभागी भएका प्रधानाध्यापक तथा कर्मचारीलाई धम्क्याउने, सरुवा गर्ने, राजीनामा दिन दबाब दिनेजस्ता कार्य कतिपय स्थानीय तहबाट भएको सूचना आइरहेकाले त्यस्ता काम नगर्न महासंघले विज्ञप्तिमार्फत आग्रह गरेको हो । २०८१ माघ २० गतेदेखि आन्दोलनरत नेपाल शिक्षक महासंघले चैत २० गतेदेखि काठमाडौँका सडकमा प्रदर्शन गरिरहेको छ।

Facebook Comments