मधेशका स्थानीय तहमा जनस्वास्थ्य प्रयोगशाला बनाउन भएको ठेक्कामा २० करोड भ्रष्टाचार

तत्कालीन सचिवसहितलाई अख्तियारले हाल्यो मुद्दा

User Image मेयरसाप डेस्क | ३ महिना अगाडि
Image of storage/news/1745772066.jpg

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेशका ६४ वटा स्थानीय तहमा जनस्वास्थ्य प्रयोगशाला स्थापनाका लागि भएको ठेक्कामा भ्रष्टाचार भएको ठहर गरेको छ ।

 

आयोगले आज प्रदेश सामाजिक विकास मन्त्रालयका तत्कालीन सचिव इमनारायण श्रेष्ठसहित १४ जना र हस्पिटेक इन्टरप्राइजेज प्रालि उपर विशेष अदालतमा मुद्दा दायर भएको छ ।

 

प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधामबाट आर्थिक वर्ष २०७८/०७९ मा आह्वान गरिएको प्रयोगशालाका सामान खरिद, वितरण तथा स्थापनामा ठेकेदार कम्पनी हस्पिटेक इन्टरप्राइजेज प्रालिका संचालक विशाल पण्डितसँगको सेटिङ देखिएको अख्तियारले दाबी गरेको छ ।  जनस्वास्थ्य प्रयोगशाला स्थापनाका लागि गरिएको ठेक्कामा सार्वजनिक खरिद नियमावली, २०६४ को उल्लंघन भएको आयोगको ठहर छ।

अख्तियारले तत्कालीन सचिव इमनारायण श्रेष्ठ, हस्पिटेक इन्टरप्राइजेज प्रालि तीनकुने काठमाडौं र कम्पनी सञ्चालक विशाल पण्डितसहित लेखा अधिकृत दास, तत्कालीन वरिष्ठ स्वास्थ्य प्रशासक मुक्तिनारायण साह, प्रदेश प्रयोगशालाका तत्कालीन निर्देशक डा. श्रवणकुमार मिश्र, वरिष्ठ ल्याव टेक्निसियन निरीक्षक गुणानन्दप्रसाद साहविरुद्ध मुद्दा दायर गरेको हो ।

 

त्यस्तै अन्य प्रतिवादीमा मेडिकल ल्याव टेक्नोलोजिष्ट मनमोहन मिश्र, ल्याव टेक्निसियन निरीक्षक रामउदगार यादव, अधिकृत नवौ तहका माइक्रो बायोलोजिष्टहरू जितेन्द्रकुमार साह, अमरेन्द्रकुमार मिश्र, ल्याव असिष्टेन्ट रमेश कुमार मण्डल, लेख अधिकृत अमरदीप महतो, कर्मशील प्रशाद गोप, वरिष्ठ ल्याव अधिकृत उमेश चौधरी छन् । उनीहरूलाई जनही १९ करोड ४६ लाख १३ हजार १२० रूपैयाँ बराबरको बिगो दाबी गरिएको छ ।


Facebook Comments