अक्षय तृतीयाः दर्शनार्थीका लागि डोलेश्वरमा चारै ढोका खुल्ला

User Image Mayorsap | २०८२ वैशाख १७ गते ०८:०९
Image of storage/news/1745997053.jpeg

भक्तपुर । सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।


अन्य दिन दर्शनार्थीले मन्दिर प्रवेश नगरी पश्चिम ढोकाबाटै दर्शन गर्ने व्यवस्था गरिएको भए पनि आज अक्षय तृतीयाका दिन केदारनाथको शिर डोलेश्वर महादेव घोषणा भएकाले आज दर्शनार्थीका लागि चार वटै ढोका खुल्ला गरेर मन्दिर भित्र प्रवेश गरी आफैँले पूजा गर्ने व्यवस्था गरिएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका सचिव हरिशरण बस्नतले जानकारी दिए ।


आज बिहान ४ बजेदेखि चार वटै ढोका खुल्ला गरी दर्शनार्थीलाई मन्दिरका चारै ढोकाबाट प्रवेशगरी भक्तजन आफैँले पूजा एवम् दर्शन गर्नेगरी व्यवस्थापन गरिएको उनले बताए । समितिले अक्षय तृतीयाका दिन, भदौ ६ गते, महाशिवरात्रिमा गरी वर्षमा तीन दिन भने मन्दिरभित्रै प्रवेश गरी पूजा गर्न पाउने व्यवस्था गर्दै आएको छ ।


मेलामा भीड व्यवस्थापनका ४० जनालाई स्वयंसेवक परिचालन गरिएको छ । दर्शनार्थीलाई लाइनमा लागेको ३० मिनेटभित्रै दर्शन एवम् पूजा गर्नेगरी व्यवस्थापन गरिएको उनले जानकारी दिए ।


Facebook Comments