स्थानीय तहको भवन जथाभावी बनाउन नपाइने, अब मापदण्ड लागू हुने
भवन केन्द्रीय सरकारको नीति अनुसार बन्ने
मेयरसाप डेस्क
|
२०८२ वैशाख १९ गते २३:५३
काठमाडौं। सरकारले स्थानीय तहका प्रशासनिक भवन बनाउने होडबाजी बन्द गराउने भएको छ।
साना स्थानीय तहले पनि दराबारजत्रा भवन बनाउन थालेपछि सरकारले स्थानीय तहका प्रशासनिक भवन निर्माण सम्बन्धी मापदण्ड बनाउने भएको हो ।
आगामी वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा स्थानीय तहको भवन निर्माण मापदण्ड लागू गरी मापदण्डअनुरूप बनाउने घोषणा गरिएको हो ।
सो घोषणासँगै अब स्थानीय तहले बनाउने भवन केन्द्रीय सरकारको नीति अनुसार बन्नेछ ।
Facebook Comments