सिन्धु जल सन्धिपछि भारतले रोक्यो चेनाब नदीको पानी

User Image मेयरसाप सम्पादकीय | २०८२ वैशाख २२ गते ०८:५६
Image of storage/news/1746415484.jpg

काठमाडौं । भारतले पाकिस्तान जाने चेनाब नदीको पानी रोकेको छ । पाकिस्तानसँगको सिन्धु जल सन्धि रद्द गरेको भारतले चेनाब नदीको पानी रोकेको हो भारतीय सञ्चारमाध्यहरुका अनुसार जम्मुको रामवनमा बनेको बगलिहार बाँधबाट भारतले पानीको प्रवाह रोकेको हो ।  

 

साथै कश्मीरमा किशनगंगा बाँध हुँदै झेलम नदीको पानी रोक्ने योजना पनि भारतले बनाइरहेको समाचारमा उल्लेख छ । जम्मु–कश्मीरको पहलगाममा अप्रिल २२ मा आतंककारीले आक्रमण गरी २६ जना मारिएपछि पाकिस्तानलाई आरोप लगाउँदै भारतले दशकौँ पुरानो सिन्धु जल सन्धि निलम्बन गरेको हो। 

 

विश्व बैंकको मध्यस्थतामा भएको सिन्धु जल सन्धिले १९६० देखि भारत र पाकिस्तानबीच सिन्धु नदी र यसका सहायक नदीहरूको प्रयोगलाई नियमन गरिरहेको थियो । 


Facebook Comments