आपाङ्गता भएका व्यक्तिका लागि निःशुल्क साबुन बनाउने तालिम


काठमाडौं । गोदावरी नगरपालिका–१४ ठैबमा निःशुल्क सीपमुलक तालिम सञ्चालन हुने भएको छ । सामाजिक विकास कार्यलय ललितपुरको आर्थिक सहयोगमा रेन्बो क्लब नेपाल फर द ब्लाइन्डले साबुन बनाउने तालिम सञ्चालन गर्ने भएको हो ।
रेन्बो क्लब नेपाल फर द ब्लाइन्डले आज (सोमबार) एक सूचना जारी गर्दै आपाङ्गता भएका व्यक्तिहरुको आर्थिक सशक्तिकरणका लागि आपाङ्गता भएका व्यक्ति तथा आपाङ्गता भएका व्यक्तिका अभिभावकलाई निःशुल्क सीपमुलक साबुन बनाउने तालिम सञ्चालन गर्ने बारे जानकारी दिएको छ ।
७ दिने तालिममा २० देखि ५० वर्षसम्मका ललितपुर जिल्लाबासी आपाङ्गता भएका व्यक्ति तथा उनीहरुका अभिभावकलाई सहभागि गराउने उद्देश्य रहेको रेन्बोले जनाएको छ । तालिममा लगा धुने डल्लो साबुन, झोल साबुन बनाउन सिकाउने रेन्बो संस्थाले जनाएको छ ।
रेन्बोका महासचिव टीकाराम पराजुलीले तालिम पूर्ण रुपमा निःशुल्क रहेको र तालिमपछि बनेका साबुनको समेत आफ्नो संस्थाले बजारीकरणको व्यवस्था गर्ने जानकारी दिए ।
आपाङ्गता भएका व्यक्ति र उनीहरुको परिवारमा आर्थिक समस्या समाधानका लागि यो तालिम प्रभावकारी हुने उनको विश्वास छ । पराजुलीले भने, ‘अपाङ्गता भएका व्यक्ति र उहाँहरुको अभिभावकलाई सीप सिकाएर स्वरोजगार बनाउनु हाम्रो लक्ष्य हो ।’ तालिम अवधिभर तालिम लिने व्यक्तिहरुको लागि खाजाको समेत व्यवस्था भएको उनले जानकारी दिए ।
तालिमका लागि वैशाख २६ गतेभित्र संस्थासँग सम्पर्क गर्न सूचनामा आग्रह समेत गरिएको छ ।

Facebook Comments