कर्मचारी र व्यवसायीलाई कुट्ने वडाध्यक्षलाई ३ दिन हिरासतमा राख्न अनुमति
मेयरसाप सम्पादकीय
|
२०८२ वैशाख २५ गते ००:५१
पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरपालिका– ४ का वडअध्यक्ष देवकृष्ण पराजुलीलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । प्रशासन शाखाका अधिकृत ईश्वरीप्रसाद पोख्रेल र स्थानीय व्यवसायी लेखनाथ सुवेदीलाई हातपात गरेको आरोपमा बुधबार पक्राउ परेका पराजुलीविरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दामा अनुसन्धानका लागि म्याद थप गरिएको हो।
मंगलबार महानगर प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमै प्रशासनका अधिकृत पोख्रेलमाथि वडाध्यक्ष पराजुलीले हातपात गरेका थिए। त्यसैदिन फुटपाथमा सामान राखेको विषयमा विवाद हुँदा उनले व्यवसायी सुवेदीलाई पनि हातपात गरेका थिए। व्यवसायी सुवेदीले पराजुलीविरुद्ध प्रहरीमा उजुरी दिएपछि उनी पक्राउ परेका हुन् । यता कर्मचारीहरूले भने बुधबार सेवा प्रवाह बन्द गरेका थिए।
Facebook Comments