आइतबार नीति तथा कार्यक्रम निणयार्थ पेस हुँदै, सांसदहरुलाई उपस्थित हुन एमालेको ह्वीप

सांसदहरूले उठाएको प्रश्नको प्रधानमन्त्री केपी ओलीले जवाफ दिने

User Image मेयरसाप सम्पादकीय | २०८२ वैशाख २६ गते २०:१७
Image of storage/news/1746775441.PNG

काठमाडौ । सरकारले ल्याएको नीति तथा कार्यक्रम आइतबार निणयार्थ पेस गरिने भएको छ । एक हप्ताको छलफलपछि नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरिएको हो ।


गत वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गरेका थिए। नीति तथा कार्यक्रममाथि अहिले पनि छलफल जारी छ ।

 

आइतबार सांसदहरूले उठाएको प्रश्नको प्रधानमन्त्री केपी ओलीले जवाफ दिएर निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको छ।

 

नीति तथा कार्यक्रम निर्णयार्थ पेस हुने भएकाले सत्तारुढ दल नेकपा एमालेले पार्टीका सांसदहरूलाई अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको छ ।

 


Facebook Comments