प्रधानमन्त्रीलाई द्वन्द्वपीडितको खुला पत्र–हामीलाई नागरिक आयोग गठन गर्न बाध्य नबनाउनुस्

User Image मेयरसाप सम्पादकीय | २०८२ वैशाख ३१ गते ००:३१
Image of storage/news/1747224545.PNG

काठमाडौं । द्वन्द्वपीडितहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुला पत्र लेख्दै आफूहरुलाई नागरिक आयोग गठन गर्न बाध्य नबनाउन आग्रह गरेका छन् । देशभरका ३९ भन्दा बढी द्वन्द्वपीडित संघ–संस्था तथा सञ्जालहरूले प्रधानमन्त्री ओलीलाई खुला पत्र लेख्दै संक्रमणकालीन न्याय सम्बन्धी आयोगका पदाधिकारी चयन प्रक्रिया सही बाटोमा नलागे आफूहरु आयोग बनाउन बाध्य हुने चेतावनी समेत दिएका हुन् ।

 

उनीहरूले हालको छनौट प्रक्रिया अपारदर्शी, अविश्वसनीय र पीडितमैत्री नभएको गुनासो गरेका छन् । संवाद, सहभागिता र पारदर्शिताका आधारमा पीडितमैत्री प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्रीलाई पुनः आग्रह समेत गरेका छन् ।

 

पत्रमा भनिएको छ, ‘यदि यो प्रक्रिया सही बाटोमा नलाग्ने हो भने हामी नागरिक आयोग गठन गर्न बाध्य हुनेछौं।’

 

राजनीतिक भागबन्डाका आधारमा आयोगमा पदाधिकारी नियुक्ति भए त्यसप्रति पीडितको कुनै अपनत्व नरहने उनीहरुको भनाइ छ ।

 


Facebook Comments