रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर

User Image मेयरसाप डेस्क | २०८२ जेठ ९ गते १५:०४
Image of https://mayorsap.com/storage/photos/10/rabi.jpg

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई रिहा गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । न्यायाधीशहरू नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले शुक्रवार लामिछानेलाई उच्च अदालत तुलसीपुर बुटवल इजलासले थुनामा पठाउन गरेको आदेश सदर गरेको हो।

सर्वोच्च अदालतको आदेशसँगै अब रवि लामिछाने जिल्ला अदालत रुपन्देहीबाट सुप्रिम सहकारी ठगीको मुद्दा नटुंगिदासम्म थुनामा हुनेछन् । 

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछाने पक्राउ परेका थिए । उनलाई गैरकानूनी रुपमा थुनामा राखेको भन्दै लामिछाने पत्नी निकिता पौडेलले गत बैशाख ६ गते सर्वोच्च अदालतमा रिहा गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

 


Facebook Comments