राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्न गृहमन्त्रीलाई नेता कोइरालाको सुझाव

User Image मेयरसाप डेस्क | २०८२ जेठ १० गते ०७:१३
Image of https://mayorsap.com/storage/photos/10/a shekher.PNG

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई राजीनामा दिन सुझाव दिएका छन् । शनिवार सञ्चारकर्मीसँगको कुराकानीमा नेता कोइरालाले गृहमन्त्रीलाई नैतिकताको आधारमा राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्न सुझाव दिएका हुन् ।

उनले अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनु उपयुक्त हुने बताए।

उनले विगतमा पनि केही मन्त्रीहरूले राजीनामा दिएर छानबिनमा सघाएको स्मरण गराउँदै मन्त्री लेखकले राजीनामा दिँदा उनकै नैतिकतामा सघाउ पुग्ने बताए । 


फरक प्रसंगमा नेता कोइरालाले लोकतन्त्रलाई मुख्य लक्ष्य बनाउने राजनैतिक दलहरूले जनमत सङ्ग्रहबाट डराउन नहुने बताए । उनले कांग्रेस, एमाले र माओवादी एकजुट भएर हिन्दु राष्ट्र र संवैधानिक राजसंस्था बारे जनमत सङ्ग्रह गराउन सक्नुपर्ने बताए ।

 


Facebook Comments