फुट्यो नेसपा, माओवादीसँग श्रेष्ठ नेतृत्वको समूहले आज पार्टी एकता गर्दै

User Image मेयरसाप डेस्क | २०८२ जेठ १२ गते २३:१४
Image of https://mayorsap.com/storage/photos/10/Ganga-Narayan-Shrestha.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्र र गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) बीच आज पार्टी एकता हुँदै छ । आज बिहान साढे ११ बजे ग्वार्कोस्थित कान्तिपुर ब्यांक्वेटमा पार्टी एकता घोषणा गर्ने कार्यक्रम छ । यो सँगै महिन्द्र राय यादव नेतृत्वको नेसपा फुटेको छ।

अध्यक्ष यादवले नेकपा माओवादी केन्द्रसँग एकता गर्न ढिला गरेको भन्दै बहुमत सदस्य लिएर सहअध्यक्ष गंगानारायण श्रेष्ठले आफ्नै नेतृत्वमा नेसपा पुनर्गठन गरेका हुन्। २९ जना केन्द्रीय कार्यकारिणी सदस्यमध्ये १७ जना आफ्ना पक्षमा आएको दाबी श्रेष्ठले गरेका छन्। 

यस्तै १६० जना केन्द्रीय समिति सदस्यमध्ये ९९ जना आफूसँग रहेको दाबी उनको छ। यही आधारमा उनले आइतबार आफू नेसपा संयोजकमा चुनिएको घोषणा गरेका थिए । बाबुराम भट्टराईबाट महिन्द्र राय यादव र श्रेष्ठ अलग्गिएकामा सहअध्यक्ष श्रेष्ठले केन्द्रीय समिति पुनर्गठन गरी नेतृत्व आफ्नो हातमा लिएका हुन् ।

 


Facebook Comments