संसद् बैठक बस्न नसकेपछि सभामुख र दलका प्रमुख सचेतकबीच छलफल
मेयरसाप डेस्क
|
२०८२ जेठ १३ गते २३:५४
काठमाडौं । सभामुख देवराज घिमिरे र सत्ता तथा प्रतिपक्षी दलका प्रमुख सचेतकहरूबीच छलफल भएको छ। संसद बैठकको अवरोध हटाउन मंगलवार अपराह्न सभामुखको सचिवालयका छलफल भएको हो।
प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडान राखेका छन्। कांग्रेस र एमालेले भने गृहमन्त्रीले सदनमा बोल्न पाउनुपर्ने कुरा राखेका छन्।
आज मध्याह्न १२ बजे आधा घन्टाका लागि स्थगित प्रतिनिधि सभा बैठक सूचना टाँसेर साढे २ बजेसम्मका लागि स्थगित भएको थियो। उक्त समयमा पनि सदन चल्न नसकेपछि सभामुखले प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन्।
Facebook Comments