Loading...
Ad Image

हास्य कलाकार घनश्याम गौतमको निधन

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/ghanshyam.PNG

काठमाडौं । चर्चित हास्य कलाकार घनश्याम गौतमको निधन भएको छ । आन्द्राको क्यान्सरबाट पीडित गौतमको सोमबार राति भक्तपुरस्थित क्यान्सर अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

अस्पताल स्रोतका अनुसार राति १२ः१० बजे गौतमले अन्तिम सास लिएका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको हुलियामा क्यारिकेचर गरेर चर्चामा आएका गौतम गाईजात्रालगायत विभिन्न हास्य कार्यक्रममा नियमित सहभागी हुँदै आएका थिए ।

टेलिचलचित्र मेरी बास्सैमार्फत समेत दर्शकको मन जित्न सफल गौतमको निधनले हास्य क्षेत्रले एउटा प्रतिभावान कलाकार गुमाएको छ ।