प्रतिनिधि सभा बुधवारसम्मका लागि स्थगित


काठमाडौं । प्रतिनिधि सभाको मंगलवारको बैठक बस्दै नबसी स्थगित भएको छ । मंगलवार ११ बजेका लागि तय गरिएको बैठक सुचना टाँसेर २ बजेसम्मका लागि स्थगित गरिएको थियो । २ बजेपनि बैठक बस्न नसकेपछि बुधवार १ बजेसम्मका लागि स्थगित गरिएको हो ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी पार्टीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै सदन अवरुद्ध गर्दै आएका छन् । विपक्षी दलहरुको मंगलवारको बैठकले भने गृहमन्त्रीको राजीनामाको अडानबाट पछि हट्दै भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन गर्न सरकार तयार भए सदनको अवरोध हटाउने निर्णय गरेको थियाे । तर यस विषयमा सत्तापक्षले निर्णय लिन नसक्दा प्रतिनिधि सभाको बैठक आजका लागि स्थगित भएको छ ।