सार्वजनिक यातायातमा भएको हड्तालविरुद्ध सर्वोच्चमा रिट दर्ता

.jpg)
काठमाडौं । सार्वजनिक यातायातमा भएको हडतालविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको आह्वानमा भएको हड्तालविरुद्ध मंगलवार अधिवक्ता विवेक पोखरेलले गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र महासङ्घ समेतलाई विपक्षी बनाउँदै रिट दर्ता गरेका हुन् ।
उक्त रिटमाथि बुधवार पेसी तोकिएको छ । रिटमा सार्वजनिक यातायात अत्यावश्यक सेवा क्षेत्र भएकाले त्यसमा हड्ताल गर्न नपाइने कानुनी प्रावधान हुँदाहुँदै सेवा बन्द गर्नु संविधान विपरीत रहेको दाबी गरिएको छ । रिटमा तत्काल सार्वजनिक यातायात सुचारु गर्न अन्तरिम आदेशको माग समेत गरिएको छ ।
यातायात व्यवसायीले गण्डकी प्रदेशले निजी सवारी साधनलाई यात्रु बोक्न दिने गरी ल्याइएको राइड सेयरिङसम्बन्धी नियमावली खारेजीको माग गर्दै सोमवारदेखि यातायात सेवा ठप्प पारेका छन् ।