Ad Image

काठमाडौं महानगरपालिकाको नगर प्रहरी प्रमुखको जिम्मेवारी विष्णु जोशीलाई

User Image मेयरसाप डेस्क | २ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/kathmandu.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकामा निमित्त नगर प्रहरी प्रमखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक विष्णु जोशीलाई दिइएको छ ।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले नगर प्रहरी प्रमुखबाट राजुनाथ पाण्डेलाई निलम्बित गर्दै जोशीलाई निमित्त प्रमुखको जिम्मेवारी दिएका हुन् ।

जोशीलाई अर्को निर्णय नहुँदासम्मका लागि प्रहरी निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो ।

प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले प्रमुख पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका छन् । यसअघि गत जेठ ६ गते प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले पाण्डेलाई आफूलाई कार्यालय प्रवेश गर्न अवरोध पुर्‍याएको भन्दै स्पष्टीकरण सोधेका थिए । स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै गुरागाईले पाण्डेलाई निलम्बन गरेका हुन् ।