काठमाडौं महानगरका प्रहरी प्रमुख राजु पाण्डे निलम्बित

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजु पाण्डे निलम्बित भएका छन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले मंगलवार प्रमुख पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् ।
गुरागाईंले नगर प्रहरी उपरीक्षक विष्णु जोशीलाई ६ महिनाका लागि नगर प्रहरी प्रमुखको जिम्मेवारी समेत दिएका छन् ।
यसअघि गत जेठ ६ गते प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले पाण्डेलाई आफूलाई कार्यालय प्रवेश गर्न अवरोध पुर्याएको भन्दै स्पष्टीकरण सोधेका थिए । चित्त बुझ्दो जवाफ नआएका कारण पाण्डेलाई प्रहरी प्रमुखबाट निलम्बर गरेको बुझिएको छ ।