प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न, एथ्लेटिक्सतर्फ काठमाडौं महानगरपालिका प्रथम


हेटौंडा । बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा भएको १५ औं संस्करणको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । शनिवारबाट दोलखा जिल्लाको भीमेश्वर नगरपालिकामा सुरु भएको १५ औं संस्करणको प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता ३ दिन सम्म सञ्चालन भएर सोमवार सम्पन्न भएको हो ।
दोलखास्थित भीमेश्वर नगरपालिकाको टुँडिखेल मैदानमा सोमबार सम्पन्न भएको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत एथ्लेटिक्सतर्फ मकवानपुर जिल्लाको टिम द्वितीय भएको छ । एथ्लेटिक्सतर्फको सग्रम विधाको प्रकाशित नतीजा अनुसार मकवानपुरले २ वटा स्वर्ण पदक, ४ वटा रजत पदक र १ वटा काँस्यपदक गरी ७ पदक सहित मकवानपुर जिल्लाको टिम द्वितीय हुन सफल भएको एथ्लेटिक्स समितिका सदस्य तथा राष्ट्रिय निर्णायक राजाराम पोखरेलले जानकारी दिएका छन् ।
प्रतियोगितामा काठमाडौं महानगरपालिकाको टिम प्रथम भएको छ भने ललितपूर जिल्लाको टिम तृतीय भएको छ । गत फागुन महिनामा सम्पन्न भएको १४ औं संस्करणको प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा तृतीय स्थानमा परेको मकवानपुर यस वर्ष भने दोस्रो भएको राष्ट्रिय निर्णायक राजाराम पोखरेलले बताए । खेलाडीहरुको मेहनत अनुशासन, लगनशीलता र परिश्रमकै कारणले यस वर्षको एथ्लेटिक्स विधामा प्रथम हुन सफल भएको निर्णायक पोखरेलले बताए । यद्यपी यस वर्ष खेलाडीहरुका लागि बन्द प्रशिक्षणको व्यवस्था भएको भए मकवानपुर प्रथम स्थानमा पर्न सक्ने उनले बताए । एथ्लेटिक्सतर्फ मकवानपुरबाट १२ जना खेलाडीहरुको सहभागिता रहेको उनले बताए । मकवानपुर जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्डबाट छनौट भएका खेलाडीहरुको प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागिता रहेको उनले बताए ।
प्रदेशस्तरीय प्रतियोगिताबाट छनौट हुने खेलाडीहरुले यही जेठ महिनाको २८, २९ र ३० गते काठमाडौंमा हुने केन्द्रीय स्तरको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागिता जनाउन पाउने उनले बताए । प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाले प्रतियोगितामा विजेता बनेका खेलाडीहरुलाई पुरस्कार हस्तान्तरण गरेका थिए । एथ्लेटिक्सतर्फको खेलका लागि नेपाल एथ्लेटिक्स संघका केन्द्रीय सदस्य प्रभाकरण पाण्डेको संयोजकत्वमा ३ सदस्य समिति गठन गरिएको निर्णायक पोखरेलले बताए । मकवानपुरबाट खेलाडीहरुको प्रतिनिधित्व गरेर टिम प्रशिक्षकको रुपमा सन्ध्या आचार्य दोलखा गएकी थिइन् । टिम व्यवस्थापनको जिम्मेवारी विष्णुमान श्रेष्ठलाई दिइएको थियो भने टिमको निर्णायकको जिम्मेवारी रञ्जिता फूयाँललाई दिइएको थियो । पुरस्कार वितरण समारोहमा विभिन्न खेल क्षेत्रमा आवद्ध भएका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
एथ्लेटिक्सतर्फको खेलमा कुन–कुन विधामा कसले कति पदक ल्याय ?
प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा एथ्लेटिक्सतर्फ मकवानपुरले ८ पदक हासिल गर्न सफल भएको छ । प्रतियोगितामा मकवानपुरले ७ पदक हासिल गर्न सफल भएको छ । १०० मिटरको दौडमा पुरुषतर्फ सुविन लामाले द्वितीय स्थान हासिल गर्दै मकवानपुरलाई रजत पदक दिलाउन सफल भएका छन् । ४०० मिटरको दौडमा सम्भव माझी द्वितीय हुँदै रजत पदक दिलाउन सफल भएका छन् । ८०० मिटरको दौडमा सचिन थिङ प्रथम हुँदै स्वर्ण पदक दिलाउन सफल भएका छन् ।
लङ्ग जम्पमा पुरुषतर्फ सुविन लामालेनै द्वितीय हुँदै रजत पदक दिलाएका छन् । ४ गुणा ४०० मिटरको रिले दौडमा मकवानपुरका मकवानपुरले तेस्रो स्थान हासिल गर्न सफल भएका छन् । ४ जनाको समूहमा भएको रिले दौडमा मकवानपुरका हरिकृष्ण बलामी, सचिन थिङ, सम्भव माझी र सुशान्तको समूहले मकवानपुरले तृतीय स्थानमा पु¥याउन सफल भएका हुन् । २०० मिटरको दौडमा सुविन लामा द्वितीय हुँदै रजत पदक दिलाएका छन् । ४ गुणा १०० मिटरको रिले दौडमा मकवानपुरले प्रथम स्थान हासिल गर्दै स्वर्ण पदक जितेको छ । मकवानपुरका लागि सुविन लामा, प्रविन राई, सुशान्त राई र सम्भव माझीको समूह प्रथम भएका हुन् ।
प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड, तेक्वान्दोतर्फ मकवानपुरको ४ पदक
प्रतियोगिता अन्तर्गत आइतवार तेक्वान्दो तर्फको खेल सम्पन्न भएको हो । आइतवार सम्पन्न भएको खेलमा मकवानपुरले ४ वटा पदक जितेको टिम निर्णायक विमल विश्वकर्माले जानकारी दिएका छन् ।
मकवानपुरको प्रतिनिधित्व गरेर सहभागी भएका १२ जना खेलाडीहरु मध्य ४ जनाले मकवानपुरका लागि पदक दिलाउन सफल भएको टिम निर्णायक विकले बताएका हुन् । प्रतियोगितामा ४६ केजी भन्दा कम तौल समूहबाट जस्मिना गोलले रजत, ५२ केजी भन्दा अधिक तौल समूहबाट सुजित माझीले रजत, ४२ केजी तौलसमूहबाट माधुरी घलानले काँस्य र पुम्से विधामा सुहान गुरुङले काँस्य पदक दिलाउन सफल भएका निर्णायक विश्वकर्माले बताए ।
पालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिबाट जिल्लास्तरीयमा सहभागी हुँदै प्रत्येक विधामा प्रथम भएका खेलाडीहरुको प्रदेशस्तरीय प्रतियोगितामा सहभागिता रहेको उनले बताए । गत वर्ष चितवनमा सम्पन्न भएको प्रतियोगिता यस वर्ष दोलखामा भएको हो । मकवानपुरे खेलाडीहरुको प्रतिनिधित्व गरेर टिमकोचको रुपमा शिवहरि राई, व्यवस्थापकको रुपमा हरि भुजेल र निर्णायकको रुपमा निरु कुमारी मगर दोलखा गएका थिए ।
राष्ट्रपति रनिङ्ग शिल्ड, उसुमा मकवानपुरकी मनिषा दोस्रो
आइतवार उसु तर्फको सम्पूर्ण विधाका खेलहरु सम्पन्न भएको हो । उसुमा मकवानपुरबाट १ जना छात्रातर्फकी खेलाडीले मात्र पदक दिलाउन सफल भएकी मकवानपुरकी टिम प्रशिक्षक विमल थापा मगरले जानकारी दिएका छन् ।
उसुमा मकवानपुरबाट ४८ केजी तौल समूहबाट छात्रातर्फ मनिषा विश्वकर्मा द्वितीय हुँदै रजत पदक दिलाउन सफल भएकी टिम प्रशिक्षक विमल थापा मगरले बताए । प्रतियोगितामा जिल्लास्तरीय प्रतियोगिताबाट छनौट भएका १२ जना खेलाडीहरुको सहभागिता रहेको प्रशिक्षक मगरले बताए । प्रतियोगितामा ६ वटा विधामा प्रतिस्पर्धा गराइएको थियो ।
उनका अनुसार सानसोको फाइट विधामा ४२, ४५ र ४८ केजी तौल समूहमा प्रतिस्पर्धा गराइएको थियो भने थाइलोको प्रदर्शनी विधामा प्रतिस्पर्धा गराइएको थियो । यस्तै, नानछ्वाङ, छानछ्वाङ् र ताइची विधामा प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा सहभागी हुनु अघि समयतालिका मिलाएर बिहान र बेलुकाको समयमा प्रशिक्षण दिने गरिएको उनले बताए ।
खेलाडीहरुलाई खेल स्थानमा भ्रमण गराउन र खेलको अनुभव गराउनका लागि ३ दिन पहिलानै काठमाडौंको खेल स्थानमा लगेको निर्णायक विश्वनाथ पाठकले बताए । यस वर्षको प्रतियोगिताका लागि बन्द प्रशिक्षण नभएको कारणले पनि केहि प्रभाव पारेको उनले बताए ।
प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा कराँतेतर्फ मकवानपुरलाई २ स्वर्ण र २ काँस्य, महिलातर्फ सुजता उत्कृष्ट खेलाडी
देशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत कराँतेतर्फ मकवानपुरको ४ जना खेलाडीले पदक जितेका छन् । कराँते प्रतियोगितामा मकवानपुरबाट सहभागी भएका मध्ये ४ जना खेलाडीले पदक दिलाउन सफल भएका हुन् ।
पुरुषतर्फ ४२ केजी तौल समूहबाट करूण गमाल र महिलातर्फ ५० केजीतौल समूहबाट सुजता भ्लोनले समान १/१ वटा स्वर्ण पदक दिलाएका छन् । यस्तै, महिलातर्फ झरना लोले ४५ केजी तौल समूहबाट र ५५ केजी तौल समूहबाट श्रेया श्रेष्ठले समान १/१ वटा काँस्यपदक दिलाएको नेपाल कराँते महासंघ मकवानपुरका सचिव दीर्घ लामाले जानकारी दिएका छन् ।
यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी महिलातर्फ सुजता भ्लोन घोषित हुँदै ट्रफी र प्रमाणपत्र प्राप्त गरेकी छन् । फागुन महिनामा मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा सम्पन्न भएको जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताबाट छनौट भएका खेलाडीहरुको प्रदेशस्तरीय प्रतियोगितामा सहभागिता रहेको थियो । खेलाडीहरुको प्रतिनिधित्व गरेर टिम प्रशिक्षकको रुपमा भीम घलान र टिम म्यानेजरको रुपमा मान सिंह दोङ गएका थिए ।