Ad Image

राजावादी आन्दोलन नरोकिएसम्म राप्रपाका नेताहरूको पीएसओ नपठाइने

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/ramesh-lekhak.jpg

काठमाडौं । राप्रपाका नेताहरुका लागि खटाइएका सुरक्षाकर्मी (पीएसओ) राजावादी आन्दोलन नरोकिएसम्म नपठाइने भएको छ । बुधवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री रमेश लेखकले राजतन्त्र पक्षधर नेताहरूका लागि खटाइएका सुरक्षाकर्मी राजतन्त्रको पक्षमा आन्दोलन गर्न छोडेपछि मात्र खटाइने बताएका हुन् ।

बैठकमा राप्रपाका नेता बुद्धिमान तामाङले अंगरक्षक फिर्ता बोलाउनुको कारणबारे गृहमन्त्री लेखकलाई प्रश्न गरेका थिए । जवाफमा गृहमन्त्रीले भने, ‘हजुरहरुले गर्ने घटनामा सुरक्षा बढ्ता चाहियो, ती सुरक्षाकर्मीहरुलाई तत्कालका लागि यता सुरक्षा दिन राखिएको हो । यी घटनाहरु भएनन् भने सुरक्षा पुनः स्थापित गरिन्छ ।’

राप्रपासहितका समर्थकहरुले राजसंस्था र हिन्दुराज्य पुनर्स्थापनाको मागसहित आन्दोलन थालेपछि सरकारले राजावादी नेताहरुको सुरक्षाका लागि खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाएको थियो ।