रमण कन्स्ट्रक्सनका सञ्चालक पवन महतो पक्राउ


काठमाडौं । ठगी र आपराधिक विश्वासघात सम्बन्धी मुद्दामा रमण कन्स्ट्रक्सनका सञ्चालक पवन महतो पक्राउ परेका छन् । जनकपुरधाम उपमहानगरपालिका–१४ घर भई काठमाडौँ सिफलचौर बस्ने महतोलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।
उनीविरुद्ध ठगी र आपराधिक विश्वासघात सम्बन्धी जाहेरी दर्ता भएको धनुषा जिल्ला प्रहरी कार्यालयले जनाएको छ । महतोविरुद्ध लेनदेन विवादमा निर्माण कम्पनी एस एण्डबी प्रालिका सन्तोषकुमार यादवले उजुरी दिएका थिए । धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएसँगै प्रहरीले महतोलाई पक्राउ गरेको छ ।