Ad Image

हेटौंडा उपमहानगरमा ६ दिने लेखा व्यवस्थापन तालिम सुरु, नगर प्रमुख लामाद्वारा उद्घाटन

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/mina lama.PNG

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको सहयोगमा ६ दिने लेखा व्यवस्थापन तालिम सुरु भएको छ । मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको आयोजनामा सुरु भएको तालिमको हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाले उद्घाटन गरेकी हुन् । 

तालिमको उद्घाटन गर्दै नगर प्रमुख लामाले सहकारीको वित्त व्यवस्थानको जानकारी राख्ने व्यक्ति सचेत नबने सम्म समस्या समाधान गर्न असहज हुने बताइन् । आय व्ययको जानकारी राख्ने व्यक्तिले नै सहकारीको अवस्था कस्तो छ भन्ने बारेमा सचेत हुन जरुरी रहेको बताइन् ।

सहकारीमा देखिएको पछिल्लो समस्यालाई नियमन निकायको हिसाबले उपमहानगरले अनुगमन र निरीक्षण गरिरहेको जानकारी दिइन् । उनले नगरमा रहेर काम गरिरहेका केही सहकारीमा देखिएको समस्या समाधानका लागि नजिकबाट नियाल्ने र समस्या समाधानका लागि उपमहानगरले काम गरिरहेको बताइन् । केही सहकारीमा देखिएको समस्यालाई समाधान गर्न काम भएको उनको भनाई छ ।

संघका सचिव विरेन्द्रप्रसाद ढुंगानाको अध्यक्षतामा भएको तालिममा हेटौंडा उपमहानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख जगन्नाथ सापकोटा, संघका सहसचिव विजयबहादुर बस्नेत, कोषाध्यक्ष विष्णुमाया लामा, सञ्चालक सदस्य जानकी चौधरी, सहकारी संघ लिमिटेडका व्यवस्थापक सुमित्राकुमारी वाईवाको आतिथ्यता रहेको थियो ।

उपमहानगरको सहयोग तथा संघको आयोजनामा भएको तालिममा ३५ वटा वचत तथा ऋण सहकारी सस्थाका लेखा व्यवस्थापकहरुको सहभागिता रहेको छ ।