Ad Image

अग्नि सापकोटाविरुद्ध ह*त्या गरेकाे अभियोगमा अनुसन्धान गर्न सर्वोच्चको आदेश

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/agni.jpg

काठमाडौं । सर्वोच्च अदालतले पूर्वसभामुख अग्नि सापकोटाविरुद्ध दर्ता भएको ज्यानसम्बन्धी उजुरीमा अनुसन्धान गर्न आदेश दिएको छ ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित पाँच सदस्यीय इजलासले उजुरी तामेलीमा राख्ने प्रहरीले गरेको निर्णय खारेज गर्दै अनुसन्धान अघि बढाउन निर्देशन दिएको हो ।

सापकोटाविरुद्ध काभ्रेपलाञ्चोककी पूर्णिमाया लामाले पति अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप लगाउँदै किटानी जाहेरी दिएकी थिइन् । प्रहरीले त्यसलाई तामेलीमा राखेको थियो, जसविरुद्ध सर्वोच्चमा रिट परेको थियो ।

अदालतको आदेशपछि अब जिल्ला प्रहरी कार्यालय, काभ्रेले उक्त उजुरीमा पुनः अनुसन्धान सुरु गर्नुपर्नेछ ।