Ad Image

आरसीबीको विजयी जुलुसमा भागदौड हुँदा कम्तीमा १० जनाको मृत्यु, कैयौँ घाइते

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/rcb-fan-wounded.JPG

बेंगलुरु । रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले आईपीएलको उपाधि पहिलो पटक जितेपछि बेंगलुरुमा आयोजित विजयी जुलुसमा भागदौड हुँदा कम्तीमा १० जनाको ज्यान गएको छ । आरसीबीले अहमदाबादमा भएको आईपीएलको फाइनल खेलमा पञ्जाबलाई हराएर १८ वर्षपछि पहिलो पटक उपाधि जितेको थियो। उक्त जितको खुशीयाली घरेलु मैदान चिन्नास्वामी स्टेडियममा मनाउन कार्यक्रम तय भएको थियो। उक्त कार्यक्रममा ५० हजार भन्दा धेरै समर्थकहरु उपस्थित भएको बेला भागदौड मचिएको हो।  

अचानक भागदौड हुँदा च्यापिएर १० जनाको ज्यान गएको प्रहरीले जनाएको छ । अन्य धेरै घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । स्थानीय प्रहरीले घाइतेहरूलाई नजिकैको अस्पतालमा पुर्याइएको छ । प्रहरीले भीड नियन्त्रण गर्न अपर्याप्त व्यवस्था भएको स्वीकार गरेको छ र घटनाको छानबिन सुरू गरिएको छ ।

आरसीबीका एक समर्थकले भने, ‘हामी सबै उत्साहित थियौं, तर यस्तो दुःखद घटना हुन्छ भन्ने कसैले सोचेको थिएन । यो जीतको खुशी अब शोकमा परिणत भएको छ ।’ विजयी जुलूसको आयोजना गरेको फ्रेंचाइजीले पनि घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई समवेदना प्रकट गरेको छ ।