पूर्वप्रधानमन्त्री नेपालको सांसद पद निलम्बनका लागि संसद सचिवालय पुग्यो पत्र


काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद निलम्बनका लागि पत्र संसद् सचिवालय पुगेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री नेपाललविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता गरेसँगै उनको सांसद पद् स्वतः निलम्बनमा परेको छ ।
संसद् सचिवालयमा दर्ता भएको पत्र सभामुख देवराज घिमिरले प्रतिनिधिसभाको बिहीवारको बैठकमा पढेर सुनाउने छन् ।
अख्तियारले पतञ्जलि जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा बिहीवार नेपालसँगै ९२ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। नेपालविरुद्ध १८ करोड ५८ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ। नेपालको इतिहासमा पहिलोपटक पूर्वप्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा दर्ता भएको हो ।
यसअघि अख्तियारले पतञ्जलि योगपीठको जग्गा अनियमिततामाथि अनुसन्धानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालसँग बयान लिएको थियो ।