Ad Image

भेरी नदीमा बेपत्तामध्ये दुई जनाको शव फेला, एक जना अझै वेपत्ता

User Image मेयरसाप डेस्क | १३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/death._QneID4qg9D_k7CVY3ODpy.jpg

सुर्खेत । जाजरकोटको नलगाड नगरपालिका–८ मा भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका तीन जनामध्ये दुईको शव फेला परेको छ । 

भेरी नदीको मन्मैमा पौडी खेल्ने क्रम्मा १५ वर्षीया भगवती नेपाली र १० वर्षीय महेश कुसारीको शव फेला परेको जाजरकोटका प्रहरी नायब उपरीक्षक  वसन्त शर्माले बताए । १२ वर्षीया आशा कुसारी अझै बेपत्ता छन् । 

बेपत्ताको खोजी जारी छ । आज दिउँसो २ बजे भेरीमा पौडी खेल्ने क्रममा उनीहरु भेरीमा बेपत्ता भएका हुन् । जाजरकोट तर्फको ६ ठाउँमा प्रहरी परिचालन गरेर बेपत्ताको खोजी भइरहेको जाजरकोटका डिएसपी शर्माले जानकारी दिए । आशा र महेश एकै घरका दिदी भाई हुन् ।