Ad Image

संसद् अवरोधमा निकास नदेखिँदा सभामुख घिमिरे असन्तुष्ट

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/za savamukh-1-1024x667.jpg

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे दलहरूप्रति असन्तुष्ट बनेका छन् । प्रमुख प्रतिपक्षी दलहरूले गृह मन्त्री रमेश लेखकको राजीनामा र छानबिनको माग गर्दै संसद अवरुद्ध गरेपछि सभामुखले बारम्बार छलफल गरे पनि सहमति जुट्न नसकेको हो ।

बजेट भाषणपछि संसद चल्न नसकेकोमा सभामुख घिमिरेले प्रमुख सचेतकहरू माओवादीका हितराज पाण्डे, एमालेका महेश बर्तौला र कांग्रेसका श्याम घिमिरेसँग आज पुनः छलफल गरेका थिए । तर, सत्ता–प्रतिपक्ष दुवै अडानमै अडिएको सचिवालयले जनाएको छ ।

सभामुखले संसद सञ्चालन संवैधानिक दायित्व भएको भन्दै व्यावहारिक समाधान खोज्न आग्रह गरे । तर विपक्षी दल बैठकपछि धारणा बनाउने भन्दै टरेका छन्, भने सत्ता पक्षले गृहमन्त्रीको राजीनामा अस्वीकार गर्ने अडान दोहोर्‍याएको छ । संसद कहिले चल्ने भन्ने अझै अन्योलमै छ ।