निजामती कर्मचारी आन्दोलित, कालोपट्टी बाँधेर विरोध सुरु


काठमाडौं । संघीय निजामती सेवा ऐन ल्याउन दबाब दिँदै निजामती कर्मचारीहरूले देशभर कालोपट्टी बाँधेर आन्दोलन सुरु गरेका छन् ।
संयुक्त राष्ट्रिय ट्रेड युनियन सञ्जालको आह्वानमा सुरू भएको आन्दोलनमा विभिन्न कर्मचारी संगठनहरू सहभागी छन् ।
उनीहरूले प्रस्तावित ऐनमा अतिरिक्त सचिवको पदावधि नतोकिने जस्ता प्रावधानप्रति असन्तुष्टि जनाउँदै आम कर्मचारीमैत्री व्यवस्था सुनिश्चित गर्न माग गरेका छन् ।
निजामती कर्मचारी युनियनका सचिव झविन्द्र पोखरेलले सीमित स्वार्थ समूहको प्रभावले कर्मचारीले अपनत्व गर्न सक्ने ऐन नआएको भन्दै न्यूनतम माग सम्बोधन नभएसम्म चरणबद्ध आन्दोलन अघि बढाउने बताए ।