क्लब विश्वकपमा नखेल्ने रोनाल्डोको घोषणा
मेयरसाप डेस्क
|
२०८२ जेठ २५ गते १२:१३
काठमाडौं । पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले आगामी फिफा क्लब विश्वकपमा नखेल्ने घोषणा गरेका छन् ।
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले रोनाल्डोलाई टुर्नामेन्टको प्रमुख आकर्षण हुने बताएका थिए, तर रोनाल्डोले प्रस्ताव आए पनि कुनै क्लबको निमन्त्रणा स्वीकार नगर्ने बताए ।
उनले म्युनिखमा आयोजित कार्यक्रममा भने, “सबै कुरा सम्भव हुँदैन, व्यावहारिक निर्णय गर्दै क्लब विश्वकपमा नजाने निधो गरेको हुँ।”
यो भनाइ युइएफए नेसन्स लिगको फाइनल अघि आएको हो, जहाँ उनले जर्मनीविरुद्धको सेमिफाइनलमा १३७औं अन्तर्राष्ट्रिय गोल गर्दै पोर्चुगललाई फाइनलमा पुर्¥याएका थिए ।
रोनाल्डोले क्लबभन्दा राष्ट्रिय टोलीलाई प्राथमिकता दिने संकेत गरेका छन् ।
Facebook Comments