Ad Image

आमिरकी आमा ९१ वर्षको उमेरमा बलिउडमा डेब्यु गर्दै

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Aamir khan.jpg

एजेन्सी । तीन वर्षको अन्तरालपछि अभिनेता आमिर खान फिल्म ‘सीतारे जमीं पर’ बाट ठूलो पर्दामा फर्किंदै छन् । यो फिल्म उनको लागि मात्र होइन, उनको परिवारका लागि पनि विशेष बनेको छ ।

फिल्ममा आमिरकी ९१ वर्षीया आमा जीनत हुसैनले पहिलो पटक बलिउड डेब्यु गर्दैछिन् । साथै, आमिरकी बहिनी निखत खान पनि फिल्ममा देखिने भएकी छन् । आमिर आमा र बहिनीसँग पहिलोपटक एउटै फिल्ममा देखिन लागेका हुन् ।

आमिरका अनुसार, ‘सीतारे जमीं पर’ को सुटिङका क्रममा आमाले फोन गरेर लोकेशनको चासो देखाइन् र सेटमै आइन् । त्यही बेला निर्देशक आरएस प्रसन्नाले आमिरकी आमालाई अन्तिम गीतको पाहुना दृश्यमा अभिनय गर्न आग्रह गरे ।

शुरुमा आमिरले आमालाई प्रस्ताव गर्न हिच्किचाए पनि, निर्देशकको आग्रहमा उनी राजी भए । आश्चर्यजनक रूपमा आमाले प्रस्ताव स्वीकार गरिन् र केही दृश्यमा अभिनय गरिन् । आमिरले भने, “यो मेरो पहिलो र सम्भवतः एकमात्र फिल्म हो जसमा आमा पर्दामा सँगै छिन् ।”