Ad Image

देशभर लागूऔषधसहित १७ जना पक्राउ

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/pakrau.jpg

काठमाडौं । विभिन्न जिल्लाबाट अवैध तथा नियन्त्रित लागूऔषधसहित १७ जना पक्राउ परेका छन् ।

तनहुँको आँबुखैरेनीबाट लागूऔषध डाइजेपाम, फेनारगन, बुप्रेनोर्फिन र नाईट्राभेटसहित भारतका दुई युवक, ताप्लेजुङबाट खैरो हेरोइनसहित सुजन तामाङ र स्रोत खुलाएपछि नितेन वर्मन पक्राउ परेका छन् ।

दाङमा ब्राउनसुगरसहित एक किशोर, महोत्तरीमा मोटरसाइकलमार्फत लागूऔषध ओसारिरहेका संजित महतो, भक्तपुरमा ट्रामाडोलसहित तीन जना, जाजरकोटमा अफिमसहित निरज पुन र कैलालीमा खैरो हेरोइनसहित राहुल राना पक्राउ परेका छन् ।

बर्दियामा ब्राउनसुगरसहित दुई जना, सुनसरीमा ब्राउनसुगर बोकेका अबिनाश चौधरी, १९ किलो गाँजासहित लक्ष्मण माझी र इटहरी क्याफेबाट विभिन्न एम्पुलसहित सन्तोष श्रेष्ठ र जीवन बुढाथोकी पक्राउ परेका छन् ।

सवारी साधन, नगद रकम र डिजिटल तराजु समेत बरामद गरिएको प्रहरीले जनाएको छ । सबै घटनामा प्रहरीले अनुसन्धान जारी राखेको छ ।