Ad Image

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीविरुद्ध भ्रष्टाचार मुद्दा

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/pahadi.jpg

काठमाडौं । नेपाल टेलिकमको बिलिङ प्रणालीमा देखिएको भ्रष्टाचार प्रकरणमा संलग्न रहेको आरोपमा प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

अख्तियारले उनीहरूमाथि ३३ करोड ४८ लाख रुपैयाँ बराबरको भ्रष्टाचार गरेको दाबी गर्दै बिगो मागदाबी प्रस्तुत गरेको छ । मुद्दा हाल रुजुको प्रक्रियामा रहेकाले दर्ता हुन बाँकी रहेको अदालत स्रोतले जनाएको छ ।

अभियुक्त सूचीमा टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल पनि छन् । उनी भ्रष्टाचार र अकुत सम्पत्तिको अर्को मुद्दामा निलम्बनमा परेपछि पहाडीले २०८१ सालको भदौमा टेलिकमको नेतृत्व सम्हालेकी थिइन् ।

यस प्रकरणमा टेलिकमको आन्तरिक प्रणालीमा अनियमितता, बिलिङ प्रक्रिया र ठेक्कासम्बन्धी कार्यहरूमा भ्रष्टाचार भएको आशंकामा अनुसन्धान गरिएको हो ।