भारतमा नेपाली युवकद्वारा गर्भवती प्रेमिकाको ह*त्या


भारत । हैदराबादमा लिभिङ टुगेदरमा रहेकी गर्भवती प्रेमिकाको हत्या गरेको अभियोगमा एक नेपाली युवक पक्राउ परेका छन् ।
३० वर्षीय नेपाली युवक विजय टोप्पा उर्फ विल्सनले ३३ वर्षीया तारा बोहराको हत्या गरेर उनको शव लगेज ब्यागमा हालेर बाचुपल्लीस्थित सुनसान ठाउँमा फालेका थिए । शव जुन ४ मा फेला परेको हो ।
प्रहरीका अनुसार फेसबुकमार्फत चिनजान भएका तारा र विजयको प्रेम सम्बन्ध थियो । तारा विवाहित थिइन् र दुई सन्तानकी आमा थिइन् । गत अप्रिल १५ मा उनी विजयसँग बस्न हैदराबाद आइपुगेकी थिइन् ।
तर, तारा गर्भवती भएको कुरा थाहा पाएपछि मे २३ मा विवाद हुँदा विजयले नाइलनको डोरीले घाँटी थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
प्रहरीले सीसीटीभी फुटेज र प्राविधिक प्रमाणको आधारमा आरोपीलाई मेडचल जिल्लाबाट पक्राउ गरेको छ । विजयले प्रारम्भिक बयानमा आफूले हत्या गरेको स्वीकार गरिसकेको प्रहरीले जनाएको छ ।