भिजिट भिसा प्रकरणमा कांग्रेस–माओवादीबीच जुटेन सहमति


काठमाडौं । भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको मागबारे नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीचको छलफल निष्कर्षविहीन बनेको छ ।
नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको बैठकमा माओवादीले छानबिन समितिको माग दोहोर्याए पनि कांग्रेस सहमत भएन । बैठकमा माओवादी अध्यक्ष प्रचण्ड, वर्षमान पुन, शक्ति बस्नेत तथा कांग्रेसका पूर्णबहादुर खड्का, गगन थापा, ज्ञानेन्द्र कार्की सहभागी थिए ।
यसअघि माओवादीले विपक्षी दलहरूको बैठकसमेत आयोजना गरेको थियो । सत्तापक्ष तयार नभएपछि जेठ १३ यता प्रतिनिधि सभा प्रभावित छ भने बजेटमाथिको छलफल स्थगित रहँदै आएको छ ।