Ad Image

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कति पुग्यो आज ?

User Image मेयरसाप डेस्क | ३ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/gold.jpg1600838423.jpg

काठमाडौं । मंगलवारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा रु एक हजार ३०० र चाँदीमा रु १५ ले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोल सुनको मोल रु एक लाख ९१ हजार ३०० कायम भएको छ भने एक तोला चाँदी रु दुई हजार १६५ मा कारोबार भइरहेको छ । 

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३४१ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।