Ad Image

१७ मिनेटमा १५ जोडीको आदर्श विवाह

User Image मेयरसाप डेस्क | ३ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/marry.PNG

जनकपुरधाम । ६२८औँ कवीर प्रकट अर्थात सन्त कवीर जयन्तीका अवसरमा १५ नवजोडीको एउटै मञ्चमा दाइजोमुक्त विवाह सम्पन्न भएको छ । विवाहित मध्ये नौ जोडी नेपालका तथा छ जोडी भारतका छन् ।  

दाइजो प्रथाले गहिरो प्रभाव जमाएको मधेस प्रदेशमा यो आदर्श विवाहले समाजमा सकारात्मक उदाहरण स्थापित गरेको आश्रमका असुर निकन्द रमैणीले बताए। मिथिला नगरपालिका–२ वेलाचापीस्थित सतलोक आश्रममा कवीर प्रकट दिवसका अवसरमा विगत तीन दिनदेखि सञ्चालित समारोहमा सामाजिक, धार्मिक तथा सेवामूलकका साथै विशाल भण्डारा, रक्तदान, निःशुल्क भोजनलगायत कार्यक्रम गरिएका छन् । 

वैदिक उच्चारणसहित विवाह कार्यक्रम १७ मिनेटमा सम्पन्न भएको थियो । कार्यक्रममा सहभागी नवजोडी तथा तिनका अभिभावकले यस किसिमको विवाहले समाजमा सकारात्मक सन्देश प्रवाह हुने प्रतिक्रिया दिए । सतलोक आश्रमले आगामी दिनमा सामाजिक उत्थानका यस्ता कार्यक्रमलाई अझै अगाडि बढाउनुपर्ने पर्साको वहुदरमाई नगरपालिकाकी उपप्रमुख सुष्माकुमारी कुशवाहाले बताइन्। 

मधेस प्रदेशमा सन्त कवीर दिवसका अवसरमा सार्वजनिक बिदा समेत दिइएको छ ।