Ad Image

आज पनि प्रतिनिधि सभा बैठकमा प्रतिपक्षीको अवरोध

User Image मेयरसाप डेस्क | ३ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/pratinidhi.jpg

काठमाडौं । प्रतिपक्षी दलहरुले आज पनि संसद बैठक अवरुद्ध गरेका छन् । 

सभामुख देवराज घिमिरेले आजको बैठक सुरु भएको जानकारी गराएलगत्तै प्रतिपक्षी दलहरु आ–आफ्नो स्थानबाट उठेर संसद अवरुद्ध गरेका हुन् ।

उनीहरुले प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै नाराबाजी समेत गरेका छन् । भिजिट भिसा प्रकरणमा मुछिएका गृह मन्त्रालयका कर्मचारीहरुलाई कार्बाही गर्नुपर्ने र गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने माग गर्दै नाराबाजी गरेका हुन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा तथा छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग बनाउने माग गर्दै विपक्षीले निरन्तर प्रतिनिधि सभा बैठक अवरुद्ध गर्दै आएका छन् । जेठ १३ गतेदेखि प्रतिनिधि सभा बैठक बस्न सकेको छैन ।