Ad Image

छानबिन समिति नबनाएसम्म संसद चल्न नदिने राप्रपाको चेतावनी

User Image मेयरसाप डेस्क | ३ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/gyan.PNG

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले मानव बेचबिखन प्रकरणमा छानबिन समिति नबनाइएसम्म संसद अवरुद्ध रहने बताएका छन् ।

सभामुख देवराज घिमिरेसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले गृहमन्त्री रमेश लेखक संसदमा धम्कीपूर्ण ढंगले प्रस्तुत भएको आरोपसमेत लगाए ।

शाहीले छानबिनको दायरामा हालका मात्र नभई पूर्व गृहमन्त्रीहरू पनि आउनुपर्ने बताए । “छानबिन समिति नबनाएसम्म राप्रपाको विरोधका कार्यक्रम जारी रहनेछन्,” उनले भने ।

साथै, शाहीले नेकपा माओवादी केन्द्रले ‘छेपारोझैँ रङ फेरेको’ आरोप लगाउँदै संसदको काममा माओवादीसँग सहकार्य नगर्ने स्पष्ट पारे ।