Ad Image

रास्वपा–राप्रपाको अवरोधबीच संसद बैठक जारी

User Image मेयरसाप डेस्क | ३ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/za sansad.PNG

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाको अवरोधबीच प्रतिनिधिसभाको बैठक अगाडि बढेको छ । सभामुख देवराज घिमिरेले बैठक सञ्चालन गर्न खोजेपछि दुवै दलका सांसदहरूले उठेर विरोध जनाएका छन् ।

सभामुखले आकस्मिक समयको बहसका लागि कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्ने समय दिएपछि रास्वपाले आपत्ति जनायो ।

घिमिरे बोल्न थालेपछि रास्वपाका सांसदहरू रोष्टमअघि पुगेर नाराबाजी गर्दै भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठनको माग गर्दै प्रदर्शन गरिरहेका छन् ।