Ad Image

गृहमन्त्रीको राजीनामा माग्नुअघि आत्ममूल्यांकन गर्न रास्वपालाई कांग्रेसको आग्रह

User Image मेयरसाप डेस्क | ३ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/shyam ghimire.PNG

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले नैतिकतासम्बन्धी प्रश्न उठाउनुको कुनै औचित्य नभएको दाबी गरेका छन् ।

आइतबार प्रतिनिधिसभामा बोल्दै उनले अध्यागमन प्रकरणलाई लिएर गृहमन्त्रीको राजीनामा माग्ने दलकै सभापति रवि लामिछाने स्वयं सहकारी ठगी मुद्दामा पाँच वटा अदालतमा पेश भइरहेका भन्दै विरोध जनाए ।

“सामान्य अध्यागमन कर्मचारीको गल्तीलाई लिएर संसद् अवरुद्ध गर्नेको सभापति पाँचवटा अदालतमा मुद्दा खेप्दै छन्,” उनले भने, “त्यो पार्टीको नेता र सभापतिमा बस्न मिल्छ? त्यसपछि नैतिकताको कुरा उठाउनु कत्तिको उपयुक्त?”

निलम्बन भइसकेका सभापतिले संसदीय दलको नेतृत्व गरिरहेकै अवस्थामा रास्वपाले गृहमन्त्रीको नैतिकता प्रश्न उठाउनु विडम्बनापूर्ण भएको उनको भनाइ छ ।