Ad Image

अफताब आलमलाई सफाइ दिने दुई न्यायाधीश न्याय परिषद्मा तानिए

User Image मेयरसाप डेस्क | २ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/aftab_aalam.jpg

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई ज्यान मुद्दामा सफाइ दिने दुई न्यायाधीश डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनलाई न्याय परिषद्ले जिम्मेवारीबाट हटाउँदै परिषद्मा तानेको छ ।

रौतहटको इँटा भट्टामा बम विस्फोटपछि घाइतेहरूलाई जिउँदै जलाएर हत्या गरेको आरोपमा पक्राउ परेका आलमलाई गत जेठ १४ गते जिल्ला अदालत रौतहटको इजलासले सफाइ दिएको थियो । उक्त फैसलापछि चौतर्फी दबाब बढेपछि न्यायाधीशद्वयमाथि कारबाहीस्वरूप परिषद्मा तानिएको हो ।

२०६४ साल चैत २७ गतेको घटनामा आलममाथि त्रिलोकप्रताप सिंह र ओशी अख्तरसहितका घाइतेहरूलाई हत्या गराएको आरोप छ । अनुसन्धानले आलमले नै बनाएको बम विस्फोट हुँदा घाइते भएकाहरूलाई जिउँदै जलाएको देखाएको थियो । 

तर त्यतिबेला प्रहरी र सरकारी वकिल कार्यालयहरूले मुद्दा नचल्ने राय दिएका थिए । घटनाको १२ वर्षपछि, २०७६ साल असोज १९ गते उनलाई प्रहरीले पक्राउ गरेको थियो ।