Ad Image

सांसद मेटमणि चौधरीविरुद्ध बैंकिङ कसुरमा जाहेरी

User Image मेयरसाप डेस्क | २ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Metmani-chaudhary1.jpg

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सांसद तथा प्रमुख सचेतक मेटमणि चौधरीविरुद्ध हुलाकमार्फत जाहेरी परेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङमा आइपुगेको उक्त जाहेरी अहिले अध्ययनको चरणमा रहेको प्रहरीको भनाइ छ ।

प्रहरी कार्यालयका प्रमुख एसपी अर्जुनप्रसाद तिमल्सिनाका अनुसार, “हुलाकमार्फत जाहेरी आएको हो, तर दर्ता भएको छैन। धेरै कुरा मिलेको देखिँदैन, त्यसैले अहिले अध्ययन भइरहेको छ ।”

जाहेरीमा पाँच करोड रुपैयाँभन्दा बढी रकम दाबी गरिएको जनाइएको छ।  तर उक्त जाहेरी कसले दिएको हो भन्नेबारे प्रहरीले खुलाएको छैन ।