Ad Image

कैलालीमा कैदीबन्दी मृ*त्यु प्रकरण: नेपाल प्रहरीका सई पक्राउ

User Image मेयरसाप डेस्क | २ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/police-office-kailali-1750325470.jpeg

कैलाली । कैलाली जिल्ला कारागारमा कैदीबन्दी हरिस सिंह पालीको मृत्यु प्रकरणमा जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) हरजीत नाथ पक्राउ परेका छन् ।

डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय पालीको मृत्युपछि उनका आफन्तले सई नाथविरुद्ध किटानी जाहेरी दिएका थिए । प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार, जाहेरीका आधारमा सई नाथलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

पालीमाथि बैंकिङ कसुरमा मुद्दा दर्ता गरिएको थियो, जसका वादी स्वयं सई नाथ थिए । अदालतले उनलाई १० दिन कैद र २ लाख जरिवानाको फैसला सुनाएको थियो । पक्राउपछि असार १ गते जेल चलान गरिएका पाली असार २ गते राति बाथरुम नजिक अचेत अवस्थामा भेटिएका थिए । अस्पताल पुर्याइए पनि सोही राति मृत्यु भएको थियो ।

पालीकी श्रीमती जानकी साउँदले योजना गरेर हत्या गरिएको भन्दै पाँच जनाविरुद्ध जाहेरी दिएकी थिइन् । तर, पछि सई नाथविरुद्ध मात्र जाहेरी दर्ता गरेकी हुन् । सई पक्राउ परेपछि परिवारले शव बुझ्न सहमति जनाएका छन् । पोष्टमार्टम सेती प्रादेशिक अस्पतालमा गरिएको छ ।