Ad Image

पत्रकार पाठकलाई पक्राउ नगर्न उच्च अदालतकाे अन्तरिम आदेश

User Image मेयरसाप डेस्क | २ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/dilbhusan.jpg

काठमाडौं । पत्रकार दिलभूषण पाठकविरुद्ध जारी अल्पकालीन अन्तरिम आदेशलाई उच्च अदालत पाटनले निरन्तरता दिएको छ ।

न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको संयुक्त इजलासले सोमबारको आदेशलाई यथावत् राख्दै अन्तिम किनारा नभएसम्म पक्राउ नगर्नु\नगराउनु आदेश दिएको हो ।

यसअघि उच्च अदालत पाटनका न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासले पाठकको निषेधाज्ञा निवेदनमा प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गरेको थियो ।

पत्रकार पाठकले आफ्नो कार्यक्रम ‘टफ टक’मार्फत ‘हिल्टनमा जयवीर देउवाको पैसा!’ शीर्षकमा जयवीरसिंह देउवाको नाम जोडेर सामग्री सम्प्रेषण गरेका थिए । जयवीर कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवाका छोरा हुन् ।

उक्त सामग्रीका आधारमा जयवीरले उजुरी दिएपछि साइबर ब्युरोले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिए पनि अदालतको आदेशपछि हाल पक्राउ प्रक्रिया रोकिएको छ ।